शृङ्खला खतिवडाले हावर्डमा स्नातकाेत्तर पढ्ने

काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातकाेत्तर अध्ययन गर्ने भएकी छन् ।

हार्वर्ड विश्वप्रसिद्ध विश्वविद्यालय हाे । याे विश्वविद्यालमा पढ्न पाउनुलाई गाैरवकाे रुपमा लिइन्छ ।

उनले हार्वर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्ने भएकी हुन् । यसका लागि उनी केही समयमा अमेरीका जानेछिन् ।

पुल्चाेक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर विषयमा स्नातक गरेकी छन् । सन् २०१८की मिस नेपाल शृङ्खला पछिल्लो समय सामाजिक काममा समेत सक्रिय रहँदै आएकी छन् ।

प्रतिक्रिया