विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादलको नेतृत्वमा टोली

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली बनाएको छ । सरकारले मंगलबार विप्लवको चाहनाअनुसार वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोली गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठन भएको हो । साथमा सदस्यका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई छन् ।

विप्लवले गत ९ फागुनमा विज्ञप्तिमार्फत् आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक भएको बताएका थिए । त्यसपछि सरकारले वार्ताका लागि प्रक्रिया थालेको थियो ।  

प्रतिक्रिया