विप्लव नेतृत्वको नेकपा वार्ताका लागि सकारात्मक

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक भएको छ ।

नेकपाका महासचिव विप्लवले शनिबार विज्ञप्ति निकालेर वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।

यसका लागि जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्नुपर्ने विप्लवको माग छ ।

‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’ विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया