ट्रक ठोक्किँदा दुई जनाको ज्यान गयो

चितवन । पूर्वी नवलपरासीको देवचुली२ दुम्कौली चोकमा दुईवटा ट्रक एक आपामा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

पूर्वबाट जाँदै गरेको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर चालक मकवानपुरका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्कीका ५१ वर्षीय खिमबहादुर बिकको ज्यान गएको रजहर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुवै ट्रकका सहचालक घाईते भएका छन् । मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया