राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेदरल्यान्ड्सका लागि गैरआवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले सोमबार एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

प्रतिक्रिया