प्रधानमन्त्रीको प्रश्न : दाहाल-नेपालको बहुमत कहाँ पुष्टि भयो ?

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भएको बहुमत कहीँ पनि पुष्टि नभएको बताएका छन् ।

सोमबार प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उहाँ (दाहाल–नेपाल) हरुसँगको बहुमत कहाँ पुष्टि भएको छ ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘त्यो बहुमत हो र ?’

यस्तै प्रधानमन्त्री ओलीले वैधानिक अध्यक्ष र महासचिवले बोलाएको बैठकमा नआएर ‘हामी बहुमत छौँ’ भन्दै बाहिर हिँडिरहेको बताए । ‘अध्यक्षले बैठक बोलायो नआउने,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘महासचिवले बोलाउँदा पनि नआउने अनि बाहिर चाहिँ हामी बहुमत छौँ भनेर हिँड्ने ? कहाँ छ बहुमत, कहाँ पुष्टि भयो त्यो ?’

यस्तै प्रधानमन्त्री ओलीले आफूहरु सधैं देशप्रति समर्पित भएको बताएका छन् । आफूहरु षड्यन्त्र गर्नतर्फ नलागेर देशको विकासमा लागेको बताए ।

प्रतिक्रिया