भेरोनासँग युभेन्टस बराबरीमा रोकियो

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस भेरोनासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस र भेरोना १-१ गोलको बराबरीमा रोकिएको हो ।

यो बराबरीले युभेन्टसलाई लिग जित्ने अभियानमा भने धक्का लागेको छ । युभेन्टसको यस खेलपछि २३ खेलमा ४६ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

युभेन्टसभन्दा अगाडी एसी मिलान २३ खेलमा ४९ अंकसहित दोस्रो र इन्टर मिलान २३ खेलमा ५३ अंकसहित पहिलो स्थानमा रहेको छ । त्यसैगरि भेरोनाको भने २४ खेलमा ३५ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया