यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन १६ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–प्रतिपदा,१५ घडी ४७ पला, मध्यान्ह १२ बजेर ५० मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पूर्वाफाल्गुनी,११ घडी ३१ पला,बिहान ११ बजेर ०८ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– धृति,२९ घडी २० पला,बेलुकी ०६ बजेर १६ मिनेट उप्रान्त शूल । करण– कौलव,दिउसो १२ बजेर ५० मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर ०० मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ५४ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान २८ घडी ४७ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ३३ मिनेटदेखी बिहान ७ बजेर ५८ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ५९ मिनेटदेखी बिहान ९ बजेर २४ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर २५ मिनेटदेखी बिहान १० बजेर ५१ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५२ मिनेटदेखी मध्यान्ह १२ बजेर १७ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर १० मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ११ मिनेटदेखी बेलुकी ४ बजेर ३६ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ३७ मिनेटदेखी बेलुकी ७ बजेर ३६ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ०४ बजेर ३६ मिनेटदेखी बेलुकी ०६ बजेर ०० मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । शेयर बजार तथा अन्य क्षेत्रमा गरिएको लगानीबाट आजको दिन सन्तोषजनक नाँफा कमाउन सकिनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने र छोरो छोरिको प्रगति देख्न पाईने हुनाले मन प्रशन्न हुनेछ । अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी वातावरणमा केही असामान्य अवस्थाको सिर्जना हुनेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा अस्थिरता आउने तथा आत्मविश्वासमा कमी हुनेछ भने निर्णायक क्षमतामा कमी आउने छ । अर्काको भर पर्दा काम धन्दा थाती रहनेछन् । साझपख नयाँ काम गर्दै हुनुहुन्छ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु आजको दिन राम्रो हुनेछ । कृषि क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरी बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धी समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वातावरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खाद्यान्न,पानि तथा औषधिजन्य व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले काम गर्न आट आउनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीहरुको व्यापारमा वृद्धि हुनेछ भने अन्य व्यापारमा मन्दी आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक काम प्रभावित हुनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धी बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाइ लेखाइ प्रभावित हुने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुन सक्छ । व्यापार व्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनीति अपनाउनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईँको साख गिराउन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भनेजस्तो आम्दानि नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । उपलब्धी बिहिन काममा समय गुज्रिने हुँदा पढाइ लेखाइमा ध्यान जाने छैन । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेकोछ । असन्तुष्टि समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । छोटो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोल्दा ध्यान दिनुहोला,बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारी र मन अस्थिर रहने हुनाले काम गर्न मन लाग्ने छैन । शरिरमा आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा सवारी साधनको प्रयोग गर्दा सचेत हुनुहोला । धनमाल हराउने वा भौतिक सम्पती गुम्नसक्ने सम्भावना रहेकोछ । परिवारका सदस्य वा नजिकैको साथीले तपाईँलाई सहयोग गर्ने छैनन् । साझपख समय राम्रो रहेकोले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेकोछ । साजाजिक काम गरी प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्न सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ भने पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । साझपख भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बन्दव्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागी समय अनुकूल रहेकोछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितीमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मामा तथा अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघी बढ्नेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया