३१ सिडियाेसहित ५२ सहसचिव र उपसचिवको सरुवा‚ को कहाँ ?

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरिएको जनाइएको छ ।

सरुवा/पदस्थापनमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीसमेत परेका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट कैलाली, उदयपुर, दैलेख, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, चितवन, सुनसरी, कास्की, इलाम, सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सल्यान, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका छन् ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977059925″ /]

प्रतिक्रिया