प्रधान विरुद्ध पलका म्यानेजरको उजुरी

काठमाडौँ । कलाकार पल शाह र अरुण प्रधानको विवादमा ट्विस्ट आएको छ । पललाई एक नम्बर प्रदेशमा ब्यान्ड गर्ने आसयको विज्ञप्ति प्रधानले जारी गरेको केही समय नबित्दै पलका म्यानेजर कृष्ण प्रसाद जोशीले आफूलाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिएका छन् । १० गतेको घटनामा सोही समय दुवै पक्षले माफी मागेर टुङ्गिएको विवादलाई ३दिन पछि आएर प्रधानले उचालेपछि जोशीले समेत उजुरी दिएका हुन् ।

उनले दिएको उजुरीमा प्रधानले कुर्सी उचालेर हान्न खोजेको तथा अश्लील गाली गरेको उल्लेख छ । प्रधानले व्यक्तिगत कामका लागि पलको ब्रान्डको दुरुपयोग गरेको उनको आरोप छ । आज ४ बजे प्रहरीले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

यस अघि नै प्रधानले कुटपिट गरेको भन्दै उजुरी दिएका छन् ।

प्रतिक्रिया