ओली समूहको नेकपाको प्रमुख सचेतकमा भट्टराई

कामठाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।

शुक्रबार देव गुरूङलाई हटाउँदै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपाको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारमा आयोजित प्रदेश नं. १ का सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । थापाले भनेका छन्, ‘प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्नुभएको हो । उहाँ (भट्टराई) आजै नियुक्त हुनुभएको हो ।’

प्रतिक्रिया