नेकपा विवाद नसल्टिएसम्म कसैसँग सहकार्य नगर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले अन्तिम रुप नलिएसम्म कुसैसँग पनि सहकार्य नगर्ने निर्णय गरेको छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रतिनिधि सभा पुनःस्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे विस्तृत समीक्षा भएको थियो ।

बैठकमा सभापति देउवाले नेकपाको दुवै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।

जनताले पनि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको भन्दै बैठकमा सहभागी नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका थिए ।

प्रतिक्रिया