पशुपतिमा तत्काल सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिमा तत्काल सुनको जलहरी नराख्न अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिंगमा सुनको जलहरी राखेकै दिन सर्वोच्चले तत्कालका लागि उक्त जलहरी नराख्न आन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम अहिलेलाई नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

‘सर्वोच्च अदालतले स्मारक संरक्षण ऐन २०१३ उल्लेख गर्दै पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी राख्ने कार्य तत्काल नगर्न नगराउन अन्तिरम आदेश जारी गरिएको छ,’ सर्वोच्चद्वारा जारी अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

पशुपतिमा सुनको जलहरी राख्ने विषय काुननविपरीत रहेको भन्दै सर्वोच्चमा २ वटा रिट दायर भएका थिए । सर्वोच्चमा रिट परेपछि पशुपति क्षेत्र विकास कोषले हतारमा बुधबार बिहान राष्ट्रपति भण्डारीबाट पूजाआरधाना गर्दै १०८ किलोको सुनको जलहरी अनावरण गरेको थियो ।

प्रतिक्रिया