करेलाको बियाँका पाँच फाइदा

काठमाडाैं । स्वास्थ्यका लागि करेला कति फाइदाजनक छ, यसबारे धेरैलाई थाहा छ । करेलामा भिटामिन ए, भिटामिन सी, जिंक र फोलेटको मात्रा भरपुर हुन्छ जुन मधुमेहका बिरामीहरूका लागि फाइदाजनक छ । यसले चिनीको मात्रालाई सजिलै नियन्त्रणमा लिन मद्दत गर्छ ।

करेलाको फाइदाबारे जानकार रहेका हामी करेलाको बियाँको फाइदाबारे भने त्यति जानकार छैनौँ । त्यसैले पकाउने समय करेलाको बियाँ फाल्ने गर्छौँ । करेलाको दाना (बीज) पनि स्वास्थ्यका लागि हितकर हुने विज्ञहरु बताउँछन् ।

मधुमेहमा हुने कब्जियतकाे समस्याबाट छुट्कारा

करेलासँगै त्यसको बियाँ पनि प्रयोगमा ल्याउँदा यसले मधुमेहमा हुने कब्जियतको समस्याबाट छुट्कारा दिने स्वास्थ्य विज्ञहरु बताउँछन् । करेलालाई अचार, तरकारी जुनसुकै परिकारमा सेवन गर्न सकिन्छ ।

इन्सिुलिनको मात्रा बढाउँछ

इन्सुलिनको कमिका कारण शरीरले चिनी पचाउन सकिरहेको हुँदैन । जसले गर्दा चिनीको मात्रा बढेर रगतमा मिसिन्छ र शरीरभरि सर्कुलेट हुन्छ । करेलाले यसै प्रक्रियालाई सन्तुलित बनाउँछ । करेलाको बियाँले शरीरमा चीनी कम गर्न मद्दत गर्छ । करेलामा इन्सुलिनको जस्तै काम गर्ने गुण हुन्छ, जसले ऊर्जाको लागि कोषहरूमा ग्लूकोज पुर्याउन मद्दत गर्दछ ।

करेलाका बियाँले पाचन प्रणालीलाई सन्तुलित बनाउँदै इन्सुलिनको मात्रा बढाउँछ, जसले शरीरका कोषहरुमा ग्लुकोज उपयोग गर्न कलेजो, मांसपेशीहरूमा स्थानान्तरित गर्न सहयोग गर्छ ।

कोलेस्ट्रोलको मात्रा कम गर्छ

मधुमेहका बिरामीमा कोलेस्ट्रोलको मात्रा बढी हुने हुँदा मुटुसम्बन्धी रोगको जोखिम बढ्छ । करेलाको बियाँले एलडीएलको स्तर कम गर्छ र गुण कोलेस्ट्रोलको स्तर बढाउँछ ।

तौलमा सन्तुलन

करेला बियाँसँगै खाँदा यसले तपाईँको तौलमा सन्तुलित गर्न सहयोग गर्छ ।

राेग प्रतिरोधक क्षमता बढाउँछ

यदि पाचन प्रक्रिया सही छ भने यसले तपाईँको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसबाहेक करेलामा आइरन, म्याग्नेसियम, पोटासियम, भिटामिन र फाइबरको राम्रो मात्रा हुन्छ जुन इम्युनिटी बढाउनका लागि आवश्यक छ । – एजेन्सी

प्रतिक्रिया