सर्वोच्चले तोकेकै समयमा संसद बैठक बोलाइने

काठमाडौं । सरकारले सर्वोच्च अदालतले तोकेको समयसीमाभित्रै प्रतिनिधिसभाको बैठक बोलाउने भएको छ ।

बुधबार बालुवाटारमा बसेको नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमाभित्रै संसद् बैठक बोलाउने निर्णय गरेको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

बैठकपछि प्रवक्ता ज्ञवालीले भने‚ ‘फैसलाले दिएको समयसीमाभित्रै बैठक बस्छ ।’ सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

प्रतिक्रिया