विरोध सभा विजय सभामा परिणत, फर्किए प्रचण्ड र नेपाल

फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले चितवनमा आयोजना गरेको विरोध सभा विजय सभामा परिणत हुने भएको छ ।

संविधान सभा विघटनका विरुद्धमा भन्दै उनीहरुले आज आयोजना गरेको विरोध सभा विजय सभामा परिणत हुने भएको हो । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि उनीहरुले आज विजय सभा गर्न लागेका हुन् ।

आज हुने विरोधसभालाई सम्बोधन गर्न भनेर चितवन आएका प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सभालाई सम्बोधन नगरी काठमाडौँ फिर्ता भएका छन् ।

संसद् पुनर्स्थापना हुने भएपछि उनीहरु आज काठमाडौँ गएका हुन् । नेताद्वयले काठमाडौँमा नै सम्बोधन गर्नेगरी चितवनको कार्यक्रममा सहभागी नभइ काठमाडौँ गएका एक नेताले बताए ।

प्रतिक्रिया