ओलीले बोलाए स्थायी कमिटीको बैठक

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो । ‘सर्वाेच्चको फैसलापछि बदलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुन्छ,’ उनले भने, ‘बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने छ ।’

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । तर मंगलबार सर्वोच्चले ओलीको कदम असंवैधानिक ठहर गर्दै उक्त निर्णय बदर गरिदिएको थियो ।

प्रतिक्रिया