संसद पुनःस्थापनाले रोग हराए झैँ भयाे : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेका छन् ।

स्वास्थ्य उपचारका लागि भारतमा रहेका डा. भट्टराईले विरामीले लगाउने गाउन लगाएकै अवस्थाको हँसिलो मुद्राको तस्बिरसहित ट्वीट गर्दै यो फैसलाले रोग पनि हराएको जस्तो महसुस भएको बताएका हुन् ।

‘कस्तो सुखद संयोग अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो, हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरेझैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ।’ उनले भनेका छन् ।

https://twitter.com/brb1954/status/1364195873719160832/photo/1

प्रतिक्रिया