दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा निर्मलकुमार विश्वकर्मा नियुक्त

काठमाडौं । डा निर्मल कुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपालका राजदूतमा नियुक्त भएका छन्।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई दक्षिण अफ्रिाकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रवक्ता जगन्नाथ पन्तले जनाएका छन् ।

प्रतिक्रिया