फरुवा प्रहार गरी श्रीमानको हत्या

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको बुझिएको जानकारी दिए । ‘बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ’, उनले भने, ‘फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।’

यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का ७६  वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया