‘छलफल गर्न प्रधानन्यायाधीशले नै प्रधानसेनापतिलाई बोलाउनुभएको हो’

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार जबरा र थापाबीच सोमबार अदालतमै भेटवार्ता भएको हो ।

‘हो उहाँहरुबीच भेटवार्ता भएको हो’, ढकालले मकालु खबरसँग भने, ‘सेनाको जग्गामा निर्माण भइरहेकाे सर्वोच्च अदालतको नयाँ भवनका लागि जग्गा प्राप्ति र हस्तान्तरणका सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले नै प्रधानसेनापतिलाई बोलाउनुभएको हो ।’

त्यसबाहेक अन्य विषयमा कुराकानी भएको आफूलाई थाहा नभएको बताउँदै ढकालले प्रधानसेनापतिले त्यहाँ करिब १ घण्टा बिताएको जानकारी दिए । ‘त्यसबाहेकका अन्य कुराकानी भएको थाहा छैन । म त्यहाँ  थिइनँ पनि । मलाई जानकारी भएअनुसार उहाँहरुबीच यसै सन्दर्भमा कुराकानी भएको हो ।’

प्रतिक्रिया