सुस्त मनस्थितिकी छात्रा बलात्कारको अभियोगमा शिक्षक पक्राउ

काठमाडौँ । छात्रालाई बलात्कार गरेको अभियोगमा डढेलधुरामा एक जना शिक्षक पक्राउ परेका छन् । गन्यापधुरा गाउपालिका-४ कैलपालमाण्डौको भुवनेश्वरि माविमा अध्ययनरत सुस्त मनस्थितिकी १० वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा त्यहि विद्यालयका एक शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विद्यालयको फरकधार तर्फ अध्ययनरत बालिकालाई सोही विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकले जबरजस्ती गरेको स्थानीय बासिन्दाको आरोप छ । फरकधार तर्फका विद्यार्थीलाई विद्यालयमै बस्ने सुविधा रहेको र विद्यालय नजिकै बस्ने ४२ वर्षीय शिक्षकले शनिबार बालिकालाई बलात्कार गरेको आरोप लागेको हो ।

बालिकाको घर डोटीको शिखर नगरपालिकाभएको र शिक्षक पनि डोटीकै आदर्श गाउपालिका घर भई हाल गोदावरी नगरपालिका अत्तरिया कैलाली बस्दै आएका ब्यक्ति रहेको पनि स्थानीय बासिन्दाले जनाएका छन् । छात्रा र शिक्षकलाई जिल्ला सदरमुकाम लगेर स्वास्थ्य परीक्षण तथा घटनाबारे थप अनुसन्धानगर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया