प्रदेश सरकार विरुद्ध मतदान हुन्छ : नेता सिटौला

मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको पक्षमा मतदान गर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस सम्बन्धमा नेका प्रदेश संसदीय दलले निर्णय गरी अविश्वासको पक्षमा मतदान गर्ने प्रस्ट पारे ।

नेता सिटौलाले संसद् विघटन गलत रहेको पार्टीको निर्णय स्पष्ट छ भन्दै यसका विरुद्ध देशव्यापीरूपमा आन्दोलन र विरोधका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले संविधानबाट निर्माण भएको सर्वोच्च अदालतले यसको रक्षा गर्ने विश्वास व्यक्त गर्दै यससम्बन्धी विकल्प नदिने आशा व्यक्त गरे ।

उनले संसद् विघटनले वैधानिकता पाएमा क्रमिकरूपमा व्यवस्था समाप्त हुँदै जाने आशङ्का व्यक्त गरे । पूर्वमन्त्री सिटौलाले सर्वोच्चको फैसलापछि सङ्घीय सरकार गठनका सम्बन्धमा निर्णय हुने बताए ।

प्रतिक्रिया