अझै सुरु भएन प्रदेश सभा बैठक

विराटनगर । २ बजेदेखि बस्ने भनिएको प्रदेश १ को प्रदेश सभा बैठक अझै सुरु भएको छैन।

प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले बैठकको कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने बताएका थिए।

प्रदेश सभामा अविश्वास प्रस्ताव पेश हुने भएपछि प्रचण्ड-माधव पक्ष‚ ओली पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आन्तरिक रणनीति निर्धारणका बारेमा छलफल चलिरहेको छ।

आइतबारका लागि बोलाइएको प्रदेश सभा बैठकको अरु कार्यसूची नभए पनि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची रहेको थियो।

पुस १२ गते प्रदेश १ को प्रदेशसभामा नेकपाको प्रचण्ड-नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने ४ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए।

प्रतिक्रिया