भर्चुअलमार्फत संस्कृत भाषाको प्रशिक्षण

काठमाडौँ । भर्चुअलमार्फत आधारभूत संस्कृत भाषाको कक्षा सञ्चालन हुने भएको छ । श्रीकालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजना र जरोकिलो महाअभियान अन्तर्गत प्रगतिवादी युवा समाज प्रदेश २ को सह आयोजनमा संस्कृतभाषाको कक्षा सञ्चालन हुने भएको हो ।

नयाँवर्ष २०७८ सम्म संस्कृत सिकिसकौँ भन्ने मूल उदेश्यका साथ एकलव्य अनौपचारिक शिक्षा अभियान अन्तर्गत संस्कृतभाषाको ज्ञान हाँसिल गर्ने इच्छुकहरूले घरमै बसी आधारभूत संस्कृतभाषाको शिक्षा हाँसिल गर्न सक्ने अभियानका एक अभियानता धिरज निष्पक्षले बताए ।

कक्षा सञ्चालन यहि फागुन ११ गते भर्चुअलमार्फत साँझ ७ बजे देखि ८ः३० बजेसम्म करिब ३ महिना हुने भएको हो । अध्यापकलाई सहयोगार्थ मासिक ९ सय रुपैयाँ र एकमुष्ठ भुक्तानी गर्न चाहानेलाई १ हजार ८ सय भुक्तानी गरि सहभागी हुन सकिने समेत आयोजकले बताएको छ ।

भाषा कक्षामा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष तथा आध्यात्मिक अभियन्ता चैतन्यकृष्ण, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा संस्कृत भाषाका अभियन्ता आकाशनीलम् (गोविन्द) र धार्मिक अध्येता नारायण पाण्डेले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया