काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियनले जनकपुरधाममा आयोजना गरेकाे पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । उनले सर्वोच्च अदालतले संसद पुन:स्थापना नगरे देशमा आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए ।
‘सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ’, उनले भने, ‘यदि उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ ।’