‘नयाँ जनादेश लिन्छु भन्दा प्रतिगमन हुँदैन’

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले  निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन् ।

इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको बैठक चल्न नसक्दा संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको जिकिर गरे ।

उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए। नेम्वाङले तोकिएकै समयमा निर्वाचन हुने पनि बताए ।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने उल्लेख गरे । उनले सबैका हक-अधिकारलाई संविधानमा उल्लेख गरिएको बताउँदै आवश्यकताअनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने स्पष्टीकरण दिए ।

प्रतिक्रिया