यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन ०८ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–अष्टमी,११ घडी ३७ पला, बिहान ११ बजेर १८ मिनेट उप्रान्त नवमी । नक्षत्र–रोहिणी,अहोरात्र । योग– वैधृति, ५२ घडी २८ पला,रातको ०३ बजेर ३८ मिनेट उप्रान्त विष्कुम्भ । करण–बव,बिहान ११ बजेर १८ मिनेट उप्रान्त बालव,बेलुकी १२ बजेर १५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान २८ घडी १५ पला । अष्टमीव्रत, गोरखकालीपूजा, भीष्माष्टमीव्रत  ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३९ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ४० मिनेटदेखी बिहान ८ बजेर ०४ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ०५ मिनेटदेखी बिहान ९ बजेर २९ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३० मिनेटदेखी बिहान १० बजेर ५४ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर ०८  मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर ०९ मिनेटदेखी बेलुकी ४ बजेर ३३ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ३४ मिनेटदेखी बेलुकी ७ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर २८ मिनेटदेखी बिहान १० बजेर ५३ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्रमा केही समय व्यतीत हुनसक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ । कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा बृद्धि हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागी हुनाले आर्थिक पक्ष सवल रहनेछ । मिहिनेतले जीवनशैली परिवर्तन हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । लेखनकला साहित्यको क्षेत्रमा रुची बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने बाध्यता आउनेछ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा नाँफा कमाउन तथा लगानी बढाउन केहि समय पर्खनु होला । समय अनुकुल नहुनाले केही राम्रा अवसरहरु त्याग्नु पर्नेछ । उधारोमा व्यापार वा कारोबार नगर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टपूर्ण नहोला भन्न सकिन्न । गलत व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । फजुल खर्च बढ्नेछ भने रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पशुपालन तथा कृषि क्षेत्रबाट भनेजस्तो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा प्रगती हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठूलाबडाको सहयोगले रोकिएको कामहरु बन्नसक्छ । आत्मबल बढ्नेछ भने शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावकको आशीर्वाद प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध काममा कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी पद प्राप्तीको योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । शुुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिती आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरी रमाउने समय रहेकोछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलिबाट तपाईँको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिक व्याक्तित्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ तरपनि आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमुखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक सामानको व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक समय रहनेछ  । आफ्नो भन्दापनि अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ छ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया