दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक शुरु

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक शुरु भएको छ ।

बैठक शुक्रबार दिउँसो २ बजेबाट जनसंगठनको कार्यालय, पेरिसडाँडामा शुरु भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।

अर्की समिति सदस्य अष्टलक्ष्मी शाक्यकी अनुसार बैठकमा खासगरी वर्तमान परिस्थितिबारे नेताहरुलाई बिफिङ्ग गरिनेछ भने निर्वाचन आयोग जानेबारे पनि छलफल हुनेछ । ‘खासगरी यो अनौपचारिक बैठक हो’, शाक्यले मकालु खबरसँग भनिन्, ‘त्यसँगै आजको यो बैठकमा जिल्लाकेन्द्रित हुनुभएका साथीहरुलाई वर्तमान स्थितिबारे छलफलसमेत जानकारीसमेत दिइनेछ । सँगै निर्वाचन आयोग जानेबारे पनि छलफल हुँदैछ ।’

यो समूहले केन्द्रीय समिति बैठकअगाडि स्थायी समिति बैठक राखेको थियो ।

प्रतिक्रिया