टुँडिखेल वरिपरि प्रदर्शन गर्दै दाहाल-नेपाल समूह

काठमाडौं । प्रतिनिधि सभा विघटनवरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाले टुँडिखेल वरिपरि प्रदर्शन गरिरहेको छ।

प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै दाहाल-नेपाल समूहका नेता तथा कार्यकर्ताले बिहीबार टुँडिखेल वरिपरि प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा अनेरास्ववियु, राष्ट्रिय युवा संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका भ्रातृ संगठनको समेत सहभागिता रहेको छ।

उनीहरूले प्रतिगमनका विरुद्ध विभिन्न नारा लेखिएका ‘प्लेकार्ड’ लिएर प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया