एम्बुलेन्सको ठक्करबाट मोरङमा एक महिलाको मृत्यु

विराटनगर । मोरङको ग्रामथानमा एम्बुलेन्सको ठक्करबाट एकजनाको ज्यान गएको छ। ग्रामथान २ की ४५ वर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

बुढीगंगा- २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिएको थियो।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकी रम्वादेवीको उपचारको क्रममा विराट मेडिकल कलेज बुढिगंगामा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

ट्रक चालक नविन खवास र एम्बुलेन्स चालक घनश्याम कुवँरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया