सातामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका छन् ।

‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ,’ अध्यक्ष राणाले भने, ‘कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय छ, अस्वीकार्य छ ।’

सरकारको कदमप्रति असहमति जनाउँदै राणाले राहतको साटो सरकारले नागरिक जीवनमा कष्ट मात्र थपेको बताए ।

पछिल्लो मूल्यवृद्धिबाट नागरिक जीवन र अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने, दैनिक जीवन खर्चिलो हुने उनले बताए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक जीवनमा चौतर्फी असर गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया