आजदेखि एमिकस क्युरीको बहस, त्यसपछि फैसला

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अदालतका सहयोगी (एमिकस क्युरी)को बहस सुरु हुँदैछ । रिट निवेदक तर्फको जवाफी बहस सोमबार सकिएसँगै आजदेखि एमिकस क्युरीमा आबद्ध ५ अधिवक्ताले बहस गर्ने भएका हुन् ।

एमिकस क्युरीमा नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् । एमिकस क्युरिको रायपछि करिब एक हप्तामा फैसला आउने कानुन व्यवसायीको अनुमान छ ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । उक्त कदम गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेका रिट सम्बन्धमा झन्डै डेढ महिनादेखि सुनुवाइ जारी छ ।

प्रतिक्रिया