संसद विघटनविरुद्ध त्रिविमा विद्यार्थीले गरे मार्च पास

काठमाडौं । सरकारले गरेको संसद् विघटनविरूद्ध त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले मार्च पास गरेका छन् । बृहत् नागरिक आन्दोलनअन्तर्गत सोमबार दिउँसाे विद्यार्थीहरूले त्रिविमा मार्चपास गरेका हुन् ।

प्रतिगमन परास्त नभएसम्म आन्दोलन जारी राख्ने भन्दै विद्यार्थीहरूले नाराबाजी गरेका थिए । विराेधकै क्रममा नाटकसमेत प्रस्तुत गरिएकाे थियाे । त्यसअघि प्रहरीले नाटक देखाउन अवराेध गरेपछि विद्यार्थीहरूले त्यसको प्रतिकार गरेका थिए ।

त्यसपछि लेखक तथा कविहरूले व्यंग्यात्मक सिर्जनामार्फत् सरकारप्रति कटाक्ष गर्नुका साथै आफ्नो स्वार्थका लागि संविधानको धज्जी उडाएको भन्दै प्रधानमन्त्री ओली प्रवृत्तिको विरोध गरेका थिए । साथै प्रतिगमनविरुद्ध नागरिकहरू अझै सशक्त भएर सडकमा उत्रिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया