चार पूर्वप्रधानन्याधीश लिखित जवाफसहित सर्वाेच्चमा

काठमाडौँ – अदालतको अवहेलना सम्बन्धी मुद्दामा चारजना पूर्व प्रधानन्यायाधीशले सर्वाेच्च अदलातमा आफै उपस्थित भएर जवाफ पेश गरेका छन्।

सर्वोच्च अदालतले जवाफ पेश गर्न आदेश दिएपछि पूर्वप्रधानन्यायाधीसहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार सर्वोच्च अदालतमा उपस्थित भएर जवाफ पेश गरेका हुन्।

प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै परेका अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजालसले उनीहरुलाई कारण देखाउन आदेश जारी गरेको थियो ।

गएको पुस २४ गते पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ठहर गर्दै सर्वोेच्चले सदर गर्न नहुने आशय व्यक्त गरेका थिए।

प्रतिक्रिया