विवेकशील साझाको सञ्चार विभाग प्रमुखमा परियार

काठमाडौँ । विवेकशील साझा पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखमा प्रकाशचन्द्र परियार चयन भएका छन् । पार्टी केन्द्रिय सचिवालय सदस्य परियारको नेतृत्वमा विभाग गठन गरिएको हो ।

प्रमुख परियारका अनुसार आम संचार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न विभाग गठन गरिएको हो । नवगठित सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हरीशप्रसाद भट्ट, सदस्यहरूमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन चयन भएका छन् ।

यसैगरी पार्टीका प्रवक्ता शरदराज पाठक र केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख दीपक प्रसाद उप्रेती विभागको पदेन सदस्य रहेका छन्

प्रतिक्रिया