सलमान विरुद्धको मुद्दा खारेज
२०७७ फागुन १ गते

एजेन्सी । लामो समय यता चल्दै आएको भारतीय अभिनेता सलमान खानविरुद्धको मुद्दा खारेज भएको छ । उनलाई राजस्थानमा लागेको हतियार इजाजत पत्र सम्बन्धी मुद्दा खारेज भएको हो । सलमान खानले स्वयम्ले बिहीबार राजस्थान अदालतले आफूमाथि लागेको मुद्दा खारेज भएको जानकारी दिएका हुन् । उनी भन्छन्, यस केसमा त्यति धेरै महत्त्वपूर्ण थिएन । आरोपहरू केवल उत्पीडनको उद्देश्यले गरिएको थियो।’
अदालतमा उनको विरुद्धको राजस्थान सरकारले मुद्दा दायर गरेको थियो । खानलाई कालो हरिणको सिकार गर्दा प्रयोग गरेको हतियार इजाजत मिति सकिएको भन्ने आरोप लागेको थियो ।
२०७७ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








