अमेरिकन टिकटकरको आत्महत्या
२०७७ फागुन १ गते

एजेन्सी ।अमेरिकन टिकटकर डेझरिया क्विन्ट नोएसले सोमबार आत्महत्या गरेकी छन् । १८ बर्सिया किशोरीले आत्महत्या गर्नु पूर्व एउटा भिडियो शेयर गरेकी थिइन्, जसलाई उनले अन्तिम पोस्ट भन्दै क्याप्सनमा लेखेकी थिइन् ‘ओके मलाई थाहा छ सबैलाई ‘इरिटेड’ गरिराखेको छु । यो मेरो अन्तिम पोस्ट हो ।’
डेझरियाको मृत्युको खबर उनको परिवारका सदस्यले पुष्टि गरेका छन् । डेझरियाका बाबाले लेखेका छन् ‘मेरी छोरीले हामीलाई छाडेर गई सदैका लागि ।’ छोरीको निधनका कारण उनका अभिभावक मर्माहत भएका छन् ।
डेझरिया सामाजिक सञ्जालमा निकै नै लोकप्रिय थिइन् । डेझरियाको निधनले उनका प्रशंसकहरु समेत शोकमा छन्।
२०७७ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








