कङ्गनालाई छायाङ्कन रोक्ने धम्की

काठमाडौँ । भारतीय अभिनेत्री कङ्गना रनावतले भारतमा आन्तरिक द्वन्द्व गर्ने योजना सहित सञ्चालन भई रहेको एप ट्विटर बन्द गर्ने माग गरेकी छन् । सामाजिक सञ्जालमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखेकी छन्,’जुन गल्ती पृथ्वीराज चौहानले गरे त्यही गल्ती नहोस् । त्यो ‘माफी’ दिने गल्ती ट्विटरलाई नगरियोस् ।’

यता कङ्गनाको चलचित्र ‘धडाक’ रोक्ने धम्की आइरहेको छ । मध्य प्रदेशको काँग्रेसका एक नेताले कङ्गना किसानको विरुद्धमा खनिएको भन्दै उनले माफी नमागे चलचित्रको छायाङ्कन नै रोक्ने धम्की दिएका छन् । हाल चलचित्रको छायाङ्कन सोही क्षेत्रमा चलिरहेको छ ।

प्रदेश काँग्रेस सेवा दलका सचिव मनोज आर्य र चिचोली ब्लक काङ्ग्रेस कमिटीका अध्यक्ष नेकराम यादवले यो धम्की दिएका हुन् । जसका लागि उनलाई आज शुक्रवार सम्मको समय दिइएको छ । यस विषयमा कङ्गनाले उनलाई कुनै रुचि नभएको बताएकी छन् ।

प्रतिक्रिया