रिहाइपछि झाँक्रीले भनिन्- प्रतिगमन झुक्न शुरु भयो

काठमाडौँ । विहीबार विहान पक्राउ परेर बेलुका रिहा भएकी नेकपाकी नेत्री रामकुमारी झाँक्रीले नागरिक दबाबसामु सरकार झुकेको बताएकी छन् । रिहा भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै झाँक्रीले आफूविरुद्ध कुनै उजुरी नपरेको तर सरकारले प्रहरीलाई दबाब दिएर पक्राउ गरि ह्यारेसमेन्ट गर्ने नियत राखेको बताइन् ।

सरकारले गलत नियत राखेपनि देशैभरि सरकारी कदमको विपक्षमा भएको प्रदर्शनका कारण सरकार झुकेर आफुलाई रिहा गर्न बाध्य भएको उनले बताइन् । ढल्दै गरेका शासकले आफ्ना अग्ला अग्ला शालिकहरु बनाउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता निम्त्याएको तर दशैभरिको आन्दोलनका कारण उनको कदम सफल नहुने झाँक्रीले जिकिर गरिन् ।

आफु कुनै शर्तनामा नगरि विना शर्त रिहा भएको उनले बताइन् । सरकारको यो कदमको विपक्षमा र आफ्नो पक्षमा दबाब सिर्जना गरेका सबै नागकिर तथा सञ्चारमाध्यमलाई उनले धन्यबाद दिएकी छिन् ।

उनलाई विहीबार बिहान् राज्यविरुद्धकाे कसुरकाे अभियाेगमा निवासबाटै पक्राउ गरेकाे थियाे ।

प्रतिक्रिया