भदौमा विजयको ‘लाइगर’
२०७७ माघ २९ गते

एजेन्सी । दक्षिण भारतीय चलचित्रका कलाकार विजय देवरकोन्डाको चलचित्र ‘लाइगर’ सेप्टेम्बर ९ अर्थात् भदौ २४ बाट प्रदर्शनमा आउने भएको छ । अनन्या पाण्डे को-एक्टर रहेको यही चलचित्रमार्फत विजय बलिउडमा डेब्यू गर्दै छन् ।
पुरी जगन्नाथले निर्देशन गरेको चलचित्रमा विजय र अनन्यासँगै राम्या कृष्णन, रोनित रोय, विष्णु रेड्डी लगायत कलाकारको अभिनय छ । करण जोहर, अर्पुभा मेहेता, यश जोहरको निर्माण रहेको सिनेमा हिन्दी, तेलुगु, तमिल, कन्नड, मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ ।
२०७७ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








