करिश्मालाई महानायिकाको उपाधि

काठमाडौँ । नायिका करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरिएको छ । शनिवार काठमाडौँमा आयोजित आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो बिसौँ वार्षिकोत्सवको अवसरमा मानन्धरलाई महानायिका उपाधिबाट सम्मान दिएको हो ।

आरके इन्टरटेनमेन्ट ग्रुपले एघार वर्ष अगाडी आफ्नो नवौँ वार्षिकोत्सवमा अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको थियो । कार्यक्रममा करिश्मालाई राजेश हमालले ‘महानायिका’ लेखिएको स्यास पहिराइदिएका थिए ।

आरके इन्टरटेनमेन्ट ग्रुपले फिल्म क्षेत्र चलायमान राख्न र योग्य व्यक्तिलाई सम्मान गर्न महानायिकाको दर्जाबाट करिश्मालाई सम्मान गरेको बताएको छ । कार्यक्रममा करिश्मा र राजेशबाहेक निर्देशक तथा कलाकार नीर शाह, नेपाल विद्युत प्राधिकरणका पूर्व-कार्यकारी निर्देशक कुलमान घिसिङ, शिक्षा तथा समाजसेवी रमेश अधिकारीलगायतलाई राष्ट्रिय सम्मान दिइएको थियो ।

प्रतिक्रिया