दुर्घटनामा परी नृत्याङ्गना पूजाको निधन

सवारी दुर्घटनामा परि कलाकार पूजा गहतराजको निधन भएको छ । रुपन्देहीको ड्राइभर टोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको छ । ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

बुटवल चाँदबारी घर भएकी २६ बर्सिया पूजा गहतराज नृत्याङ्गना तथा नृत्य प्रशिक्षक हुन् । उनी लुम्बिनी नृत्य कलाकर्मी सङ्घ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेकी थिइन् ।

प्रतिक्रिया