क्यान्सर पीडित बालबालिकालाई विवेकको साथ 

भारतीय अभिनेता विवेक ओवरायले पछिल्ला १८ वर्षमा २ लाख ५० हजार बढी क्यान्सरसँग लडिरहेका बालबालिकालाई सहयोग गरेका छन् । उनले सन् २००४ देखि हाल सम्म विपन्न परिवारमा जन्मे-हुर्केका क्यान्सर पीडित बालबालिकालाई विभिन्न आर्थिक तथा भावनात्मक रूपमा सहयोग गरेका हुन् ।

सन् २००४ मा विवेकले क्यान्सर बिरामी सहायता सङ्घ (सिपिएए) सँग सहकार्य गरेका थिए। विगत १८ वर्षमा सिपिएएसँगको सहकार्यमा विवेकले सडकमै रात कटाउने परिवारहरूलाई पनि मद्दत गरेका छन् । विवेक कोही पनि बच्चाले परिवार गरिब भएकै कारण आफ्नो ज्यान गुमाउन नपरोस् भन्ने चाहन्छन् । हरेक बालबालिकाले रोगसँग लड्न राम्रो उपचार पाउनुपर्छ भन्ने उनको मान्यता रहेको छ ।

प्रतिक्रिया