ओलीले एकलौटी गर्न खोजे संसद बैठक बोलाउने प्रचण्ड-माधव पक्षको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकलौटी संबैधानिक परिषदको बैठक नबोलाउन नेकपा प्रचण्ड माधव पक्षले चेतावनी दिएको छ । मंगलबार पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका प्रचण्ड-माधव पक्षका नेताहरुले ओलीले एकलौटी संवैधानिक परिषदको बैठक बोलाए सभामुखमार्फत् आफूहरुले संसद बैठक बोलाउने चेतावनी दिएका हुन् ।

उनीहरुले कामचलाउ सरकारले संवैधानिक परिषदको बैठक बोलाउनु असंवैधानिक हुने पनि बताएका छन् ।पार्टीको आधिकारिकता दाबी गर्दै बरिष्ठ नेता झलनाथ खनालसहित लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान निर्वाचन आयोग पुगेका थिए ।

नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले एकलौटी गर्दै गए सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउने दिन आउन सक्ने बताए । यस्तैनेता लीलामणि पोखरेलले भने, ‘संवैधानिक परिषद्को बैठक राखे त्यो गैरसंवैधानिक हुन्छ, यसअघिको सिफारिस पनि सुनुवाइ नभइ नियुक्त गर्न मिल्दैन।’

प्रचण्ड-माधव पक्षले मंगलबार आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै पत्र बुझाएको छ ।

यो पनि…

संवैधानिक परिषद् बैठक स्थगित

प्रतिक्रिया