संवैधानिक परिषद् बैठक स्थगित
२०७७ माघ २० गते

काठमाडौं । संवैधानिक परिषद बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजेलाई बोलाईको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । मंगलबार सूचना पठाएर परिषद सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी दिईएको हो ।
मंसिर ३० मा परिषदले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो । काम चलाउ सरकारले संवैधानिक नियुक्ती गर्न लागेको भन्दै बैठक बोलाइएकोमा आलोचना भएको थियो ।
२०७७ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








