पतीको रूपमा वरुण

एजेन्सी ।  भारतीय कलाकार वरुण धवनले आइतबार प्रेमीका नताशासँग विवाह गरेका छन् । लामो समयदेखी प्रेममा रहेका यी दुईको विवाहमा उनीहरूका निकट केही व्यक्ति मात्र उपस्थित थिए । विवाह पश्चात बरुणले सञ्चारमाध्यमसँग ‘धेरै नचिच्याउन’ आग्रह गरेका थिए ।

उनले आफ्नी नव विवाहित दुलहीलाई मिडियाकाे ‘हाेहल्ला’ लगायतको ब्यवहारले नराम्रो लाग्ने भएकाले त्यसाे नगर्न मिडियालाई आग्रह गरेका थिए । यससँगै मायालु तथा ‘प्रोटेक्टिभ’ पती बन्ने वरुणको कदम विवाहको पहिलो दिन नै देखिएको टिप्पणी हुन थालेकाे छ ।

प्रतिक्रिया