उखु किसानले गरे पुनः आन्दोलनको घोषणा

जनकपुरधाम । उखु किसान संघर्ष समितिले सरकारसँग भएको सम्झौता अनुसार २१ दिनभित्र किसानको बाँकी बक्यौता रकम भुक्तानी नभएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको छ ।

बिहीवार समितिले विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको जनाएको छ ।

विज्ञप्तिमा किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खातामार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने भनिएको छ ।

विज्ञप्ति अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने आन्दोलनको कार्यक्रम तय भएकाे छ ।

त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने समितिले जनाएको छ ।

विज्ञप्ति :

 

प्रतिक्रिया