कोरोनाविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान ३५ जनालाई

काठमाडौँ । कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान ३५ जना नेपाली पत्रकारलाई प्रदान गरिने भएको छ ।

एनआरएनए अष्ट्रेलियाको सहयोग एवम् पत्रकार महासंघसँगको सहकार्यमा कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरिएको पत्रकार महासंघले जनाएको छ ।

महासंघमा प्राप्त भएका २ सय ८५ वटा समाचार सामग्रीमध्ये समाचार सामग्रीको विषयबस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखनशैली एवम् भौगोलिक, विधागत, समावेशीता समेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि छनोट गरिएको महासंघले जनाएको छ । उनीहरुलाई १० हजार रुपैयासहित सम्मानपत्रबाट सम्मानित गरिने छ ।

सम्मानित हुने पत्रकारमा इश्वरी बराल थाहा सञ्चार नेटवर्क, प्रकाश पन्त विविसी नेपाली सेवा, पूर्णचन्द्र घिमिरे रेडियो नेपाल, बिनु तिम्सिना नेपाल टेलिभिजन, इन्द्रप्रसाद पौडेल कान्तिपुर टेलिभिजन, नरेन्द्र मानन्धर इमेज च्यानल, सिर्जना बराल हिमालय टीभी, बिज्जु महर्जन कान्तिपुर दैनिक, दमन राई नागरिक दैनिक, फातिमा बानु कान्तिपुर दैनिक, जिवन लामा नेपाल समाचारपत्र दैनिक, लक्ष्मी बस्नेत हिमालखबर, खेमराज वली, अनलाइन खबर, ललित बुढा, सुर्खेत, नरहरी सापकोटा नागरिक दैनिक, शंकर धामी सन्देश दैनिक र सरोज ढुंगेल गोरखापत्र दैनिक, छन् ।

यसैगरि, शिवराज भट्ट, अन्नपूर्ण पोष्ट, राधेश्याम खतिवडा चितवन पोष्ट, चन्दमणि भट्टराई काठमाडौं अनलाइन, डुन्डुराज आचार्य न्यूज कारोबार, धु्रव लम्साल राजधानी दैनिक, नमिन ढकाल लोकसन्देश अनलाइन, फणीन्द्र फुयाँल झिल्को अनलाइन, रामहरी कार्की दैनिकी न्यूज, संगीन शर्मा काँचुली खबर अनलाइन, शिवराज योगी अक्षरपाटी अनलाइन, सिर्जना तिम्सिना मिर्मिरे अनलाइन, सुरेश विडारी अनलाइन खबर डटकम, भगवती थापा रासस, रामकृष्ण लामिछाने पर्वत, महेश्वर गौतम राजधानी दैनिक, पोषनाथ अधिकारी धादिङ, शिव सिलवाल नेपाल टेलिभिजन र श्रीजनकुमार झा काठमाडौलाई पुरस्कृत गर्ने निर्णय छनोट समितिले गरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया