आजबाट टेलिभिजन शो ऐना’ प्रसारण हुँदै

काठमाडौं – आज माघ सात गते बुधबारबाट टेलिभिजन शो ‘ऐना’ प्रसारण सुरु हुने भएको छ । कान्तिपुर टेलिभिजनमा हरेक बुधवार बेलुकी ९बजे प्रसारण हुने उक्त साप्ताहिक शोको अन्तिम तयारी पुरा भएको निर्माण पक्षले जानकारी दिएको छ ।

विश्वप्रकाश शर्माले संचालन गर्ने शोले नेपाली समाजमा हुने विभेद,  अन्याय,  हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरुको मानविय संवेदनशिलताको पक्षलाई उजागर गर्ने बताइएको छ । दिहोराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेर्को २६ एपिसोडको यो शो यसअघि गत कार्तिक पहिलो सातादेखि प्रसारण हुने बताइएको थियो । कोभिड–१९ का कारण शो दुई महिना पछाडि धकेलिएको हो ।

देशकाविभिन्न स्थानमापुगेर सामाजिक सवाल माथिअध्ययन–अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’ का रुपमा कार्यक्रम ‘ऐना’शो तयार गरिएको निर्देशक अमन प्रताप अधिकारीले जानकारी दिए ।

पहिलो सिजनमा २६ एपिसोड प्रसारण हुने उक्त कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषय माथि स्थलगत अनुसन्धान र रिपोर्टिङ पश्चात् काठमाण्डौस्थित स्टुडियोमा छलफल हुन्छ । विदेशमा यस्ता खालका विषयबस्तुहरुमा सिमित टेलिभिजनशोहरु भएतापनि नेपालमा भने यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमा हालसम्म कै ठुलो टेलिभिजन शो हुने ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले दाबी गरे ।

‘ऐना’को ’प्रोजेक्ट हेड’ मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसर जनक पौड्याल, कन्टेन्ट रिसर्च प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ ।

प्रतिक्रिया